Incident Reports

बलात्कारका अभियुक्त छुटाउन चक्काजाम, प्रहरीसँग झडपमा केही घाइते

2018-09-11

Madhes, Rautahat, Gaur

६१९२ नम्बरको म्याजिक भ्यान र प्रहरीको ना १ झ ५४२ नम्बरको भ्यानमा तोडफोड गरेका छन । भदौ २० गते गढीमाई नगरपालिका–३ गम्हरियाटोलकी बालिकालाई ५५ वर्षीय सहमद अन्सारीले करणी गरेको गाउँमा खुलेपछि गाउँमै छलफल गरीएको थियो । केही रकम दिएर घटना मिलाउने प्रयास भए पनि बालिकाका अभिभावकले आइतवार किटानी जाहेरी दिएका थिए । उजुरी परेपछि बालिकाको स्वास्थ्य परीक्षण गरी बलात्कारको आरोपमा पक्राउ परेका अन्सारीविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । अन्सारी पक्षले भने उनी निर्दोष रहेको दाबी गरेको छ । बालिकाकी आमाले अन्सारीसँग ६ सय ५० रुपैयाँ लिएको सापट फिर्ता गर्न नमान्दा विवाद भएपछि बलात्कारको आरोप लगाएको बताएका छन । बालिका पक्षका व्यक्तिहरुले दुईजना महिलालाई दुव्र्यवहार गरेको भन्दै मंगलवार प्रहरीमा निवेदनसहित आएका थिए । प्रहरीले निवेदन दर्ता गर्न नमानेपछि प्रहरी र अन्सारीका समर्थकबीच विवाद भएको थियो । रौतहट प्रहरी प्रमुख केदार ढकालले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको बताउँदै घटनाको अनुसन्धानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि आरोपीलाई पक्राउ गरी कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Road block
Weapons Blunt weapon
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 8
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments