Incident Reports

छोरा नजन्माएको आरोपमा कुटपिट गरी पत्नीलाई घरनिकाला गरेको घटनाका आरोपित गिरफ्तार

2018-09-14

Karnali, Kalikot, Mahawai, Ward 5

महावोइ गाउँपालिका–५ की २० वर्षीया रञ्जना आचार्य पोखरेललाई छोरा नजन्माएको आरोपमा कुटपिट गरी घर निकाला गरेको आरोपमा २५ वर्षीय पति प्रजापति पोखरेललाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ । आरोपित पोखरेललाई प्रहरी चौकी पात्माघाटबाट खटिएका प्रहरीले घरबाटै गिरफ्तार गरेको हो । छोरा नजन्माएको भन्दै पटकपटक कुटपिट गर्दै आएको र पछिल्लो पटक भदौ २९ गते कुटेर घर निकाला गरेको भन्दै पीडितले भदौ २९ गते प्रहरी चौकी पात्मघाटमा उजुरी दिएकी थिइन् । पीडितको उजुरी आएपछि प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले बताए । कुटपिटबाट छातिमा चोट लागेकी पोखरेलको जिल्ला अस्पताल कालिकोटमा उपचार भएको छ । आरोपितलाई भदौ ३० गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा ल्याएर थप अनुसन्धान गरिरहेको प्रहरी प्रमुख डिएसपी शर्माले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments