Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-07-21

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ । अभिभावकको उक्साहटमा साउन ५ गते १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले जानकारी दिए । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ६ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ६ गते दैलेख जिल्ला अस्पतालमा गरिएको छ । आरोपित बालक त्यतिबेला फरार रहेकोले मुद्दा मुल्तवीमा राखी अनुसन्धान गरिरहेको थियो । घटना लगतै भारततर्फ भागेका आरोपित घरमा आएको सूचनाको आधारमा प्रहरीले घरमै पुगी गिरफ्तार गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments