Incident Reports

No translation available.

2013-11-06

Bagmati, Chitawan, Bharatpur

Sabitri Sapkota संविधानसभा सदस्य निर्वाचनमा एमाओवादीको तर्फबाट चितवन क्षेत्र नम्वर ५ का प्रत्यक्ष तर्फका उम्मेदवार अमिक शेरचनको गाडीमा कात्तिक २० गते साँझ अज्ञात समूहले आगजनि गरेको छ । आगजनिबाट गाडीको अगाडिका सिट जलेका छन् । शेरचन चुनावी प्रचारको क्रममा गएको बेला क्षेत्र नम्वर-५ को दिव्यनगर गाविस-७, ज्योतिनगरमा रोकिराखेको बा९च ७६३६ नम्बरको स्कोरपियो गाडीमा अज्ञात समूहले आगजनि गरेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जय बहादुर राउतले जानकारी जानकारी दिए । उनका अनुसार आगलागीबाट गाडिमा आंशिक क्षति भएको छ । एमाओवादी उम्मेदवार शेरचन सहितको टोली घरदैलोमा व्यस्त रहेको र चालक समेत नभएको मौकाछोपी बाटोमा रोकिराखेको सो गाडीमा मोटरसाइकलमा आएका दुई जनाले साँझ पेट्रोल छर्किएर आगो लगाएका प्रहरी नायव उपरीक्षक राउतले बताए । गाडी चालकको साइडको सिसा फुटाई पेट्रोल छर्किएर आगो लगाएका प्रहरीले जनाएको छ । एमाओवादीका कार्यकर्ता र स्थानीयले गाडीमा लागेको आगो निभाएका थिए । प्रहरीले गाडीमा कसले आगजनी गरेको हो भन्ने खुल्न नसकेको र उनीहरूको खोजी भइरहेको जनाएको छ । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis