Incident Reports

पत्नीलाई बन्चरो प्रहारबाट घाइते उपचारका लागि बुटवल लगियो

2018-09-16

Lumbini, Arghakhanchi, Sandhikharka, Ward 2

सन्धिखर्क नपा–२ की ४८ वर्षीया जनका दर्जीलाई ५० वर्षीय पति सेते दर्जीले भदौ ३१ गते बन्चरो प्रहार गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ । घरायसी विवादमा पीडित महिलालाई आरोपितले बन्चरो प्रहार गर्दा घाइते भएकी जनकाको जिल्लामा उपचार सम्भव नभएपछि असोज १ गते बुटवल पठाइएको जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले बताए । घटनाका बारेमा जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । हाल आरोपितले पत्नीको उपचार गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भीरजङ्ग थापाले बताए । थापाले प्रहरीमा उजुरी आएपछि कानुनी प्रक्रिया अगाडि बढाइने बताए । अहिलेसम्म पीडित पक्षबाट प्रहरीमा उजुरी परेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments