Incident Reports

बेवारिसे बम नेपाली सेनाबाट निस्कृय l

2013-11-06

Narayan Parauli जिल्लाको सिमावर्ती बडहरा दुवौलिया गाविस-६ दुवौलिया स्थित कोयल सहानीको घर कम्पाउण्डमा राखिएको बेवारिसे कुकर बमलाई कात्तिक २० गते नेपाली सेनाको बम निस्कृय टोलीले निस्कृय बनाएको छ । नेपाली काङ्ग्रेस गाउँ इकाई समितिका उपाध्यक्ष समेत रहेका कोयलको घरमा नजिकै पार्किङ गरिएको ट्रयाक्टर मुनि राखिएको उक्त प्रेसरकुकर बमका कारण जनजीवन आतंकित बनेको थियो । उक्त बम तराईमा क्रियाशील भुमिगत समूह मधेश मुक्ति टार्इगर्सले राखेको भनि जिम्मा लिएको छ । प्रेसरकुकर बिस्फोटक पदार्थले भरिएको अवस्थामा रहेकोले उक्त बमले ठूलो क्षति पुर्‍याउन सक्ने डिस्पोजल टोलीले जानकारी दियो । यसअघि पनि सदरमुकाम लगायत विभिन्न चार ठाँउमा राखिएको बम समयमै डिस्पोज गरिएको थियो । यसअघि पनि कात्तिक ७ गते रामग्राम नपा-१२ सिसौघारी, कात्तिक ११ गते तिलकपुर गाविस-६, कात्तिक १३ गते परासीहाटबजार र कात्तिक १८ गते माकर गाविस-२ चिसापानीमा वेवारिसे बम राखिएकमा नेपाली सेनाले समयमै डिस्पोज गरेको थियो । नारायण पराजुली

0 Comments

Related Reports
Related Trend Analysis