Incident Reports

Lives in Dang affected because of bandh

2018-09-18

Dang district has been bandh because of a press release. Because of the bandh, major markets, transportation, industries and education institutions were shut down. Ranjit Gurung, ex president of Jana Mukti Party released a statement mentioning that there will be bandh on September 18. Because of the frequent arrest and release of Khadga Bahadur Bishwokarma, the bandh was called. However, Mohan Puri, in charge of Rapti Zone Public Transportation Entrepreneurs Committee said that not a single car has been left since morning. एक विज्ञप्तिका कारण मंगलवार विहानैदेखि दाङ जिल्ला बन्द रहेको छ । यहाँका प्रमुख बजारहरु खुलेका छैनन् भने यातायात, कलकारखाना र शैक्षिक संस्था समेत ठप्प छन् । माओवादी पूर्व जनमुक्ति पार्टी नेपालका अध्यक्ष रञ्जित गुरुङले भदौ ३१ गते एक प्रेश विज्ञप्ति प्रकासित गर्दै मंगलवार नेपाल बन्दको आह्वान गरेका थिए । जसमा कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई पटक÷पटक गरिदै आएको पक्राउको विरोधमा बन्द आह्वान गर्ने भन्ने उल्लेख छ । त्यही विज्ञप्तिको आधारमा दाङ बन्द हुन पुगेको छ । तर, विप्लव नेतृत्वको नेकपाका नेताहरुले भने पूर्व जनमुक्ति पार्टीको बन्द संग आफुहरुको कुनै सरोकार नरहेको जानकारी दिएका छन् । ‘यो वन्दसंग हामीलाई जोड्ने काम नहोस, यसमा हाम्रो कुनै किसिमका सम्लग्नता छैन ।’ एकजना नेताले सेतोपाटीलाई भने । बन्दका कारण मंगलवार विहानैदेखि दाङमा यातायातका साधन सञ्चालनमा आउन सकेको छैन । राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिका डायल इञ्चार्ज मोहन पुरीले कुनैपनि गाडि नछोडिएको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 40
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
Other Sources

0 Comments