Incident Reports

आचारसंहिता विपरित भिजिटिङ कार्ड वितरण l

2013-11-06

Ramesh Prasad Timilsina ललितपुर जिल्लामा संघीय समाजवादी पार्टीका संविधानसभा सदस्य निर्वाचन आचारसंहिता २०७० विपरीत बहुरंगी भिजिटिङ कार्डहरू छापेर वितरण गर्दै आएको छ । पार्टीको नारा र चुनावचिन्हसहित उम्मेदवारको तस्वीर र सम्पर्कसहितको रंगीन भिजिटिङ कार्ड छापेर वितरण गरिएको हो । आचारसंहिता विपरीत खुलेआम प्रचारप्रसारमा लाग्दा पनि उनीहरूलाई सचेतसमेत पनि बनाइएको छैन । भिजिटिङ कार्ड वितरण आचारसंहिता विपरीत भएको बारे जिज्ञासा राख्दा संघीय समाजवादी पार्टी ललितपुर क्षेत्र नं १ का उम्मेदवार उत्तम लामाले निर्वाचन कार्यक्रम भन्दा पहिला नै छापेर वितरण थालिएको बताए । संविधानसभा सदस्य निर्वाचन आचारसंहिता २०७० को परिच्छेद २ को १४ मा निर्वाचन प्रचार-प्रसारको प्रयोजनको लागि पचहत्तर ग्रामसम्मको कागजमा कूल क्षेत्रफल तीन सय बर्ग इञ्चसम्मको आकारको पर्चा मात्र प्रयोग गर्नु पर्नेछ; त्यस्तो पर्चा छपाउँदा एक रङमा मात्र छपाउनु पर्नेछ र प्रत्येक पर्चामा पर्चा मुद्रक र पर्चा छपाउने राजनीतिक दल वा उम्मेदवार समेतको नाम र ठेगाना उल्लेख गर्नु पर्नेछ भनिएको छ । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis