Incident Reports

काङ्ग्रेस एमाले कार्यकर्ताबीच झडप l

2013-11-06

Karnali, Jajarkot, Tribeni Nalagad

Raju Shakya संविधानसभा निर्वाचन चुनावी प्रचार प्रसारका क्रममा कात्तिक २० गते खगेनकोट गाविस-७ हलचौरमा नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा खगेनकोट गाविस-७ हलचौरबस्ने नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य ३४ वर्षीय धनबहादुर चदारा र सोही ठाँउका काङ्ग्रेसका कार्यकर्ता २७ वर्षीय नरबहादुर खत्री घाइते भएका छन् । आ-आफ्नो पार्टीको चुनावी प्रचार/प्रसारका क्रममा विवाद भएपछि दुवै पक्षबीच झडप भएको थियो । झडप पछि काङ्ग्रेसका कार्यकर्ताहरूले खगेनकोट गाविस-७ हलचौरका २७ वर्षीय भीमबहादुर चदारा सहित दुई जनालाई अझै नियन्त्रणमा राखेको नेकपा एमाले जिल्ला सदस्य धरमबहादुर शाहीले बताए । जिल्ला प्रहरी कार्यालयले घटनास्थलतीर प्रहरी पठाएको जानकारी दिएको छ । कात्तिक १९ गते राती खगेनकोट गाविस-२ निवासी नेकपा एमाले जिल्ला कार्यालय सचिव नगेन्द्र नेपालीको घरमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले ढुङ्गा मुढा प्रहार गरेको नेकपा एमाले केन्द्रीय प्रतिनिधि परिषद् सदस्य भैरव सुन्दर क्षेष्ठले बताए । घटनाका बारेमा समान्य जानकारी आए पनि वास्तवीक घटनाका बारेमा जानकारी नभएको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सभापति वेदराज सिंहले बताए ।

0 Comments

Related Reports