Incident Reports

एमाले कार्यकर्तामाथि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूद्वारा कुटपिट l

2013-11-06

Province 1, Dhankuta, Sangurigadhi

तेह्रथुम । ०७० कात्तिक २० गते, ओयाक्जुङ्ग गाविस-८ का ४२ वर्षीय कञ्चनकुमार जोगीलाई कात्तिक १९ गते राती नेपाली काङ्ग्रेसका स्थानीय कार्यकर्ताहरूको समूहले चुनाव प्रचारप्रसारको विषयमा विवाद हुँदा कुटपीट गरी घाइते बनाए । स्थानीय ओयाक्जुङ्ग गाविसको आहाले भन्ने ठाउँमा एमालेको प्रचारप्रसारमा जुटेका पीडितलाई नेपाली काङ्ग्रेसका स्थानीय कार्यकर्ता दीपकबहादुर जोगीको नेतृत्वमा आएका चार जनाले टर्चलाईट र लाठीले कुटपीट गरेका थिए । पीडित परिवारले कात्तिक २० गते बिहान ओयाक्जुङ्ग प्रहरी चौकीमा आरोपितहरूलाई कारबाहीको लागि उजुरी दिएपछि प्रहरीले दुवै पक्षलाई बोलाएर पीडितको उपचार गरिदिने शर्तमा मिलापत्र गराएको जानकारी स्थानीय छविराम ढकालले बताए । छत्र रिमाल

0 Comments

Related Reports
Related Trend Analysis