Incident Reports

तीज मान्न माइत गएकी आमाको काखवाट चोरेर ९ महिनाकी बालिकाको बलात्कार, बलात्कारीले धानबारीमा नांगै फालिदियो

2018-09-16

Alert:Kanchanpur/Sep 17; पुनर्वासवाट तीजका दिन गत बुधबार आमाको काखबाट हराएकी ९ महिनाकी अवोध बालिकाको समेत बलात्कार गरिएको खुलासा भएको छ । अहिले ति बालिकाको काठमाडौं स्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । बालिकाको योनीमा गम्भिर चोट छ । तीजको दिन राति करिब १ वजे आमासंगै सुतेकी ९ महिनाकी बालिकालाई अज्ञात ब्यक्तिले चोरेर लगेका थिए । प्रहरीको सहयोगमा खोजि हुंदा अर्कादिन बालिका सकुशल भेटिइन् । तर त्यतिबेला बालिका बलात्कृत भएको प्रहरी र आफन्त कसैले पनि थाहा पाएनन् । घरमा लगेर बालिकालाई नुहाउन लाग्दा योनीमा घाउ देखियो । स्थानीय सहितको प्रहरी टोलीले बिहिबार बिहान करिब ८ बजे तिरबालिकाको ‘सकुशल’ उद्दार गरेको थियो । घटनास्थल नजिकै धानबारीमा बालिका सकुशल भेटिएपछि परिवार खुसी भए । तर बालिका भेटिएको ७ घण्टापछि मात्र परिवारले बालिकाको बलात्कार समेत भएको पत्तो पायो । नांगो अवस्थामा हराएकी बालिका धानबारीमा पनि नांगो नै फेला परेकी थिइन् । पुनर्वास नगरपालिका ५ घर भई वडा नम्बर ८ माइतीमा आफ्नी ९ महिने छोरी लिएर गएकी पीडित बालिकाकी आमाले दिनभरी तीज मनाएर बेलुका सुतेपछी राति १ बजे छोरी हराएको थाहा पाइन् । संगै सुतेका अर्का ‘६ वर्ष र ८ वर्षकी दुई बहिनीले टाउकोमा रुमाल बाँधेको कुनै अज्ञात व्यक्तिले बहिनी चोरेर लगेको बताए । तीजको दिन घरमा कोही पुरुष सदस्य थिएनन् । ‘बालिकालाई नुहाएर तेल लगाईदिने क्रममा योनीमा घाउ देखिए पछि प्रहरी बोलाएर अस्पतालमा घाउको जांच गर्दा बलात्कार भएको पुष्टि भएको हो । ‘बालिकाको उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा पुर्याए पछि अस्पतालका चिकित्सकले योनीमा गहिरो घाउ भएकाले काठमाडौं उपचारका लागि रेफर गरेका छन् । अहिले कान्ति बाल अस्पतालमा उपचार भईरहेको छ । ’, पीडित बालिकाकी हजुरआमाले बताइन् । बलात्कार गरेर धानबारीमा छोडेर भाग्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बमले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 01
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments