Incident Reports

3 injured in the clash between the transport workers and police

2018-09-21

Sudurpashchim, Achham, Sanphebagar

A public vehicle worker was injured in a clash between security force and public transport workers at Sanfebagar of the district and security forces arrested seven other transport workers for their alleged involvement in obstructing public vehicles from plying the road. अछामको साँफेबगरमा प्रहरी र चालकबीच झडप हुँदा ३ जना घाइते भएका छन् । चालकको आन्दोलनका क्रममा बुधबार दुई पक्षबीच झडप भएको हो । घाइते ३ जनालाई वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएकोे प्रहरीले जनाएको छ । प्रहरीले हस्तक्षेप गर्दै गोली चलाएको आरोप चालकहरूले लगाए पनि प्रहरीले भने आत्मरक्षाका लागि अश्रुग्यास मात्रै चलाएको दाबी गरेको छ । अछामका प्रहरी निरीक्षक टेकबहादुर रावतले मंगलसेनबाट आएका गाडी साँफे पक्की पुल नजिकै रोकेर प्रहरीमाथि चालकहरु जाइलागेकाले अवस्था नियन्त्रणमा लिन पाँच सेल अश्रुग्याँस चलाएको बताए । प्रहरीले गोली चलाएको भन्दै आक्रोशित सवारी चालकले साँफेबगर नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्नाका साथै नगरपालिकाको सवारी साधनमा तोडफोड र बजार बन्द गराएका थिए । ढुङ्गा प्रहारबाट प्रहरी सहायक निरीक्षक र एक प्रहरी जवानसमेत घाइते भएको उनले जानकारी दिए । सरकारले सवारी साधन दुर्घटनामा कुनै व्यक्तिको मृत्यु भएमा चालकले १२ वर्ष जेललगायतका सजाय भोग्नुपर्ने गरी कानून ल्याइएको भन्दै चालकले तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् । चालकले आह्वान गरेको बन्दका कारण बाजुरा, अछामलगायत बाहिरबाट आउने यात्रु बीच बाटोमै अलपत्र परेका छन् भने शिक्षक सेवाको परीक्षा दिन जिल्ला बाहिर जाने परीक्षार्थी पनि समस्यामा परेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , Other Sources

0 Comments