Incident Reports

काङ्ग्रेस उपसभापति पौडेलको गाडीमा ढुङ्गा प्रहार l

2013-11-06

तनहुँ । ०७० कात्तिक २० गते, तनहुँ क्षेत्र नम्बर २ का नेपाली काङ्ग्रेसका उम्मेदवार एवम् सो पार्टीका उपसभापति रामचन्द्र पौडेललाई कात्तिक २० गते जामुने गाविस-१ मा काङ्ग्रेसका कार्यकर्ताहरूले अवरोध गरेका छन् । संविधानसभा चुनावको प्रचारको लागि गएका पौडेललाई काङ्ग्रेस समर्थित युवाहरूले सडकमा ढुङ्गा राखी अवरोध गरेका हुन् । उनीहरूले पौडेललाई कालोझण्डा समेत देखाएका थिए । नेपाली काङ्ग्रेसका जिल्ला सभापति ध्रुव वाग्लेले अवरोध गरिएका ढुङ्गा हटाउन जान खोज्दा युवाहरूले पौडेल चढेको गाडीमा ढुङ्गा प्रहार समेत गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी गोपीमान श्रेष्ठले बताए । प्रहरीले सडक अवरोध गर्ने, कालोझण्डा देखाउने र ढुङ्गा प्रहार गर्ने कार्यमा संलग्न मध्ये २१ जनालाई तत्काल गिरफ्तार गर्‍यो । गिरफ्तार हुनेमा काङ्ग्रेस समर्थित नेविसंघका पूर्व जिल्ला सदस्य चामबहादुर थापा, नेविसंघकै कार्यकर्ताहरू सत्य आले, अमर थापा, नरमसिंह थापा, संजोग थापा, सुरज आले, मोहनसिं थापा, इन्द्रबहादुर आले लगायत छन् । उनीहरूमध्ये चामबहादुर थापा प्रहरी हिरासतमै रहेको र अन्य २० जनालाई बुधबार साँझ नै रिहा गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । प्रकाशचन्द्र भट्टराई

0 Comments

Related Reports