Incident Reports

कथित बोक्सीको आरोपमा दुर्व्यवहार घटनाका आरोपितविरूद्ध इन्सेकको पहलमा उजुरी दर्ता

2018-09-19

Gandaki, Lamjung, Besishahar, Ward 3

Dal Bahadur Majakoti बेसीशहर–३ बस्ने ६५ वर्षीया विष्णुमाया दुलाललाई कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको आरोपमा सोही वडाका २४ वर्षीय किरण धौलाकोटीविरूद्ध इन्सेक जिल्ला प्रतिनिधिलगायतको पहलमा असोज ५ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता भएको छ । पीडितले असोज ४ गते इन्सेक लमजुङ जिल्ला प्रतिनिधिलाई घटनाका बारेमा जानकारी गराउँदै न्यायका लागी पहल गरिदिन आग्रह गरेकी थिइन् । आरोपित धौलाकोटीले असोज ३ गते विष्णुमायालाई घरमा बसिरहेको बेलामा ‘बोक्सी’को आरोप लगाउनुको साथै कुटपिट समेत गरेको पीडितकी बुहारी कोपिला दुलालले आरोप लगाइन् । सासूलाई कुटपिट गरेपछि छट्याउन खोज्दा आरोपितले आफूलाई समेत कुटपिट गरेको कोपिलाको भनाई छ । घटनापछि घाइते भएकी विष्णुमायाको उपचार असोज ४ गते जिल्ला सामुदायिक अस्पतालमा गरिएको थियो । आरोपित धौलाकोटी भने घटना भएको दिनदेखि फरार रहेको छिमेकी तथा घटनाका प्रत्यक्षदर्शी रुपेश दुलालले बताए । जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले घटनापछि फरार आरोपितको खोजीकार्य जारी रहेको बताउँदै दोषी उपर कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाए । दलबहादुर मजाकोटी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments