Incident Reports

एमाओवादीद्वारा चुनावी र्‍यालीमा बालबालिकाहरूको प्रयोग l

2013-11-07

Nawaraj Pathik राजनीतिक दलहरूले आचारसंहिता विपरीत चुनावी कार्यक्रममा बालबालिकाहरूको प्रयोगलाई निरन्तरता दिई हरका छन् । यसैबीच, एमाओवादीले सदरमुकाम मन्थलीमा कात्तिक २१ गते निकालेको चुनावी र्‍यालीमा पनि बालबालिकाको प्रयोग भएको पाइयो । मन्थली बजारमा एमाओवादीले निकालेको र्‍यालीमा १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई प्रयोग गरिएको थियो । निर्वाचन आचारसंहिता २०७० मा बालबालिकाहरूलाई कुनै पनि राजनितिक दलका र्‍याली तथा कार्यक्रमहरूमा सहभागी गराउन नपाउने व्यवस्था गरेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालय रामेछापले आचारसंहिताको पालनाको लागि राजनितिक दलहरूलाई बारम्बार निर्देश गरेको भए पनि दलहरूले त्यसको वेवास्ता गर्दै आएका छन् । नवराज पथिक

0 Comments

Related Reports
Related Trend Analysis