Incident Reports

मुस्लिम समुदायका दुई समूहबीच भएको झडपमा चार जना घाइते

2018-09-22

Madhes, Saptari, Rajbiraj, Ward 8

जाहिर घाइते भएका छन् । तीन दिन अघिदेखि जिल्लाका विभिन्न स्थानमा मुस्लिम समुदाय जम्मा भई एकआपसमा लाठी, भाला, फर्सा तथा झर्नी जस्ता घरेलु हतियारको खेलसम्बन्धी कला कौशल प्रदर्शन गर्दै हर्षोल्लासका साथ मनाइरहेको मोहरम पर्व झडपमा परिणत हुँदा राजविराज बजार अशान्त भएको छ । असोज ५ गतेदेखि नै दुई समूहबीच विवाद भइरहेकोमा असोज ६ गते मोहरम मनाउँदै राजविराज बजार प्रवेश गरेको राजविराज नपा-२ र राजविराज नपा-११ को सयुक्त समूहमाथि राजविराज नपा-४ बजारका मुस्लिम समुदायका युवाहरुले ढुङ्गा, पत्थर, लाठी र तरवारले आक्रमण गरेको घाइते जाहिरले बताए । राजविराज नपा-४ का सदरे आलम, नौसाद सिद्दिकी, रिजवान अन्सारीसहितकाले आक्रमण गरी घाइते बनाएको घाइते महबुवका बुवा कैयुम अलीले बताए । उनले असोज ७ गते जिल्ला प्रहरी कार्यालयमा कारवाहीका लागि उजुरी दिने बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शिशु बालकको मृत्युले तनावग्रस्त भई अस्पतालको सेवा ठप्प भएकाले घाइतेहरुको राजविराज नपा-४ स्थित एक क्लिनिकमा उपचार भइरहेको छ । घाइते सबैको टाउको फुटेर रक्तामय भएका छन् । ‘इराकको करवलामा भएको धार्मिक युद्धमा इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका नाती हसन हुसैनलगायत ७२ जनाले सहादत पाएको दिनको सम्झनामा हरेक वर्षपहिलो महिनाको १० तारिखका दिन मुस्लिम समुदायले मोहरम (दाहा) पर्व मनाउँछन् ।’-राजविराज नपा-११ का मोहम्मद् कमालउद्दिनले भने-‘हिजरी अर्थात नयाँ वर्षसुरु भएको दशौँ दिन असोज ६ गते परेकाले दाहा मनाइएको हो ।’ हसन हुसैनलाई मार्नेहरूलाई चेतावनीस्वरुप दाहाको दिन मुस्लिम समुदायले घरेलु हतियार प्रदर्शन सहित प्रतिकारात्मक नाराबाजी गर्दछन् । यो पर्वमा गरिबलाई खिचडी, फलफूल, विभिन्न प्रकारको मिठाई र कपडा दान गर्ने चलनसमेत रहेको स्थानीय फैयाज अन्सारीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Muslim
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation Muslim
Actor 2 - Youth unknown
Total Injured 4
INSEC

0 Comments

Related Reports