Incident Reports

निर्वाचन आचारसंहिता विपरीत मोटरसाईकल र्‍याली l

2013-11-07

Santosh Ruchal नेपाली काङ्ग्रेसले निर्वाचन आचारसंहिता २०७० को उल्लङ्घन गर्दै धनकुटा बजार र हिले बजारमा कात्तिक २१ गते माईकिङ तथा मोटरसाईकल र्‍याली निकालेको छ । अरु पार्टीलाई भोट पटक-पटक, यस पटक नेपाली काङ्ग्रेसलाई भन्दै गाडीमा माईकिङ सहित धनकुटाको टुँडिखेलबाट निस्किएको मोटरसाईकल र्‍यालीले धनकुटा बजारको मदनचौक, डाडाँगाउँ, भीमनारायण चौक, माथिल्लो कोप्चे, तल्लोकोप्चे, श्रीवानी हुँदै धनकुटा बसपार्कमा भेला भएर हिलेतर्फगएको थियो । सो घटनाको विषयमा जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी सुवर्ण घिमिरेसँग सम्पर्क गर्दा उनले आफूलाई थाहा नभएको र तत्काल सम्बन्धित पार्टीसँग सम्पर्क गरेर बुझ्ने प्रतिक्रिया दिए । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis