Incident Reports

कुटपिटबाट एक दम्पती गम्भीर घाइते

2018-09-25

Province 1, Terhathum, Chhathar

छथर गाउँपालिका–३ पञ्चकन्यास्थित दुई युवाको कुटपिटबाट एक दम्पती गम्भीर घाइते भएका छन् । सामान्य विवाद चर्किँदै गएपछि युवाहरुले दम्पतीलाई आक्रमण गरेका हुन् । ३० वर्षीय रमेश तामाङ र २५ वर्षीय प्रकास तामाङले स्थानीय ५६ वर्षीय पदम तामाङ र उनकी ५० वर्षीय श्रीमती दुर्गामायामाथि कुटपिट गरेका हुन् । कुटाइबाट तामाङ दम्पती गम्भीर घाइते छन् । पदमको दायाँ आँखा र ढाडमा गहिरो चोट लागको छ भने उनकी श्रीमतीको शरिरभरी निलडाम बसेको छ । घाइते दुबैलाई उपचारका लागि न्युरो अस्पताल बिराटनगर पठाइएको पीडित परिवारले बताएको छ । कुटपिटमा संलग्न रमेश र प्रकासलाई ईलाका प्रहरी कार्यलय बसन्तपुरको प्रहरी टोलीले प्रक्राउ गरी अनुुसन्धान गरिरहेको प्रहरी निरिक्षक देवी प्रसाद पौडेलले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
National/Online Media

0 Comments

Related Reports