Incident Reports

क्याम्पस प्रमुखको कार्यकक्षमा शिक्षकहरुले नै लगाए ताला

2018-09-25

Province 1, Morang, Biratnagar

विद्यार्थीहरुले क्याम्पसको निर्णयविरुद्ध तालाबन्दी गरेर आन्दोलन गर्ने गरेको उदारण प्रसस्त छ । तर, विराटनगरमा भने शिक्षकहरुले नै तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरगतको स्नाकोत्तर क्याम्पस विराटनगरका शिक्षकहरुले क्याम्पस प्रमुखको नियुक्तिलाई लिएर तालाबन्दी गरी आन्दोलनमा उत्रिएका हुन् । गत भदौ २२ गतेदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका उनीहरुले क्याम्पस भित्रबाट नै प्रमुख नियुक्ति नभएसम्म तालाबन्दी नखोल्ने बताएका छन् । क्याम्पसमा पार्टीगत कोटाका आधारमा क्याम्पस प्रमुखको नियुक्ति हुँदै आएको थियो । तत्कालीन माओवादी कोटाबाट नियुक्त भएका मनोज राउतको चार वर्षे कार्यकाल सकिएपछि त्रिभुवन विश्वविद्यालयले निकटकै सहप्राध्यापक महेश खत्रीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको थियो । खत्री महेन्द्र मोरङ क्याम्पसमा अध्यापन गराउँछन् । शिक्षकले तालाबन्दी गरेका कारण नयाँ प्रमुखले क्याम्पसको कार्यक्षमा बस्न पाएका छैनन् । २६ गते नियुक्ति पाएका खत्री २७ गतेदेखि स्नाकोत्तर क्याम्पस धाइरहेका छन् । तर, कार्यकक्षमा तालाबन्दी भएका कारण बाहिरबाट नै कार्यालयको काम गर्दै आएको बताउँछन् । ताला खोल्न प्राध्यापक संघलाई पत्र लेखेर बार्ताकालागि बोलाएपनि नआएको उनको गुनासो छ । स्नाकोत्तर क्याम्पसका शिक्षकहरु ज्येष्ठता र बरिष्ठताका आधारमा सहप्राध्यापक कृष्ण वस्तीलाई प्रमुखमा नियुक्ति गर्नुपर्छ भन्ने पक्षमा थिए । तर, त्रिविले महेन्द्र मोरङ क्याम्पसका सहप्राध्यापकलाई नियुक्ति गरेपछि ताला नखुलको त्रिवि प्राध्यापक संघ स्नाकोत्तर क्याम्पस विराटनगर इकाइ सभापति चक्रपाणि खनालले जानकारी दिए । ज्येष्ठता र बरिष्ठताका आधारमा क्याम्पस प्रमुखको नियुक्ति नभएसम्म प्रमुखको कार्यकक्षमा लगाएको तालाबन्दी नखोल्ने उनले बताए । संघको साधारण सभाले नै क्याम्पस भित्रबाट प्रमुख नियुक्ति नगरेसम्म तालाबन्दी नखोल्ने निर्णय गरेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang

0 Comments