Incident Reports

पाँच सय मागेपछि दाइले गरे भाइको हत्या

2018-09-03

दाइले आफ्नै भाइको हत्या गरेका छन् । सल्यानको शारदा नगरपालिका–१, श्रीनगरमा बस्ने २१ वर्षीय केशरसिंह बुढाथोकीले १४ वर्षीय आफ्नै भाइ प्रकाश बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भदौ १८ गते भाइ प्रकाशले दाइ केशरसँग ५ सय रुपैयाँ मागेको तर दाइले सय रुपैयाँ मात्रै दिन खोज्दा दाजु–भाइबीच विवाद भएको र कुटपिटपछि हत्या भएको इन्सपेक्टर भानु शर्माले बताउनुभयो । गएको भदौ १८ गते कोठामा प्रकाश मृत अवस्थामा फेला परेका थिए । श‌ंकास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान कार्यलाई अगाडि बढाएको थियो । प्रहरीको अनुसन्धानमा दाइ केशरले भाइको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले २२ दिनपछि मंगलबार घटनाको रहस्य खुलेको भन्दै पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । अभियुक्तले बयानमा भनेका छन्, ‘भाइले मसँग पाँचसय रुपैयाँ मागेको थियोे, मैले सधैँ कति सताउँछस्, सय रुपैयाँ लैजाभन्दा विवाद भएको हो ।’ दुवैको विवाद हुँदा भाइले सुरुमा दाइको छातीमा हानेको त्यसपछि दाइले भाइको घाँटीमा दुईपटक हातले हानेर विस्तारमा लडाएको बयानमा उल्लेख गरिएको छ । ‘विस्तारमा भाइ लडेपछि अब उसको ज्यान गयो, म फस्छु भनी टाइको पासो बनाइ भाइलाई मारेर आत्महत्या गरे जस्तो बनाएको हुँ’, उनले प्रहरीलाई बयान दिएका छन् । दुई दाजु–भाइको झगडा हुँदा केशरकी श्रीमती दीपा बस्नेत (बुढाथोकी)ले छुटाउने प्रयास गरेको तर झगडा सामान्य होला भनी ध्यान नदिएर भान्सा कोठामा खाना पकाउन गएकी थिइन् । सुत्ने कोठाभन्दा भान्सा कोठा अलिकती टाढा भएको र दीपाको देवरको हत्या प्रकरणमा अहिलेसम्म कुनै संलग्नता नदेखिएकोले उनलाई हाजिरी जमानीमा छोडिएको प्रहरीले जनायो । उनको पनि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अभियुक्त दाइलाई अहिले प्रहरी हिरासतमा राखिएको र अबको १/२ दिनमा सबै फाइलसहित जिल्ला अदालत सल्यानमा पठाइने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports