Incident Reports

बलात्कारको आरोपमा जेठाजु पक्राउ

2018-09-24

Bagmati, Dhading, Thakre

बुहारी बलात्कारको आरोपमा दुईजना जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । थाक्रे गाउँपालिका वडा नम्बर ११ कि २२ वर्षीय बुहारीलाई ३५ वर्षीय र २९ वर्षीय दुईजना जेठाजुले बलात्कार गरेको उजुरी पीडितले गरेपछि आरोपीतहरु पक्राउ परेका हुन् । पीडितलाई २ वर्ष अघिदेखि बलात्कार गर्ने गरेको पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् । अन्तिम पटक ०७५ असोज ४ गते आफूलाई जेठाजुहरुले बलात्कार गरेका पीडितले बताएकी छिन् । अन्तिम पटक जेठो जेठाजुले ०७५ साउन २८ गते र माइलो जेठाजुले ०७५ असोज ५ गते बलात्कार गरेको पीडितले प्रहरीमा बताएकी छिन् । पीडितले आफूलाई होटल लगेर समेत बलात्कार गर्ने गरेको बताएकी छिन् । पटक–पटक घटना भएको र आरोपीहरुले अरु मानिसलाई समेत बलात्कार गर्न पठाएपछि आफूले सहन नसकेर न्याय लिन आएको बताएकी छिन् । जेठाजुहरुले एकजना नचिनेको मानिसलाई समेत बलात्कारका लागि पठाएको पीडितको आरोप छ । आरोपीतहरु हिरासमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments