Incident Reports

जिल्ला अस्पतालमा भेटिएको बम नेपाली सेनाद्वारा निष्कृय

2018-09-25

Karnali, Humla, Simkot

जिल्ला अस्पतालको भवन अघि चौरमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले असोज ९ गते निष्कृय बनाएको छ । जिल्ला अस्पतालको कम्पाउण्ड भित्र रहेको प्रशासन कार्यालय भवनको पाँच मिटर अगाडि उक्त बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी इन्स्पेक्टर गिहेन्द्रबहादुर बोगटीले बताए । जिल्ला अस्पतालका कर्मचारीले बिहान ११ बजे शङ्कास्पद वस्तु देखेपछि तत्काल प्रहरीलाई खबर गरेको अस्पतालका डक्टर रञ्जितकुमार यादवले जानकारी दिए । डाक्टर यादवका अनुसार उक्त बम कसले राखेको हो पत्ता लागेको छैन । घटनास्थलमा पुगेका प्रहरीले बम जस्तै शङ्कास्पद वस्तु देखेपछि नयाँ भैरवीदल गुल्मका नेपाली सेनालाई खबर गरेका थिए । घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम भएको एकीन गरेपछि घटनास्थलबाट केही टाढा पुर्‍याई दिउँसो १ बजे निष्कृय गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments