Incident Reports

निर्घात कुटेर श्रीमानले लिए श्रीमतीको ज्यान

2018-09-25

Lumbini, Banke, Janki, Ward 6

बाँके जिल्लामा मदिराको उन्मादमा श्रीमानले निर्घात कुटेर श्रीमतीको ज्यान लिएका छन् । सोमबार राती सवा १२ बजेको समयमा जानकी गाउँपालिका–६ बस्ने ३५ वर्षीय प्रेम गिरीले २९ वर्षीया श्रीमती जानकी गिरीलाई कुटोले टाउकोमा प्रहार गरी ज्यान लिएका हुन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौड्यालका अनुसार गम्भीर घाईते जानकीलाई नेपालगञ्ज नर्सिङ्ग अस्पतालमा उपचार्थ भर्ना गरिएकोमा आज बिहान ज्यान गएको हो । श्रीमती कुटेर फरार गिरी फेला परेका छैनन् । त्यसरात श्रीमतीलाई कुटोले निर्घात कुटेर फरार रहेका गिरीको खोजी भैरहेकोे एसपी पौड्यालले जानकारी दिए । अन्दाजी ५ फिट ८ ईन्च अग्ला, गहुँ गोरो र मोटो–घाटो शरीर भएका उनलाई देख्नु हुने जो कोहीले बाँके जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा गोप्य रुपमा सुचना दिन समेत प्रहरी प्रमुख पौड्यालले आग्रह गरेका छन् । उनी भारततर्फ छिरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । कोहोलपुर क्षेत्रमा बसोबास गर्ने उनी स्थायीबासी हुन वा डेरा गरी बसेका हुन् यसबारे अनुसन्धान भई रहेको समेत एसपी पौड्यालले बताए । उनका दुई सन्तान समेत रहेका छन् । बाबु फरार र आमाको मृत्यु भएपछि बालबालिकाको बिचल्ली भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Police website , INSEC

0 Comments