Incident Reports

Chitwan Post:Nepal Student Union demonstrates against government's passiveness towards Nirmala Pant's rape and murder case

2018-09-20

Bagmati, Chitawan, Bharatpur

Nepal Students Unions of Maiya Devi Girls College and Sapta Gandaki Campus jointly organized a demonstration against the government at Chaubiskothi on September 20. They said the demonstration was organized against government's alleged passiveness towards Nirmala Pant's rape and murder in Kanchanpur.The protestors also demanded that the current government stepped down as it was not able to bring the perpetrators under the law.The ralley started from Maiya Devi Girls College and culminated into a corner assembly at Chaubiskothi. नेपाल विद्यार्थी संघ मैयादेवी कन्या कलेज र सप्तगण्डकी क्याम्पसको संयुक्त आयोजनामा बिहिबार चौबिसकोठीमा विरोध प्रदर्शन भएको छ ।कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछी हत्या गरिएको तर घटनाको दोषीलाई सरकारले अहिलेसम्म पनि पक्राउ गर्न नसकेको भन्दै नेविसंघले सो प्रदर्शन गरेको हो । दुई तिहाइको सरकारले बलात्कारपछी हत्या गर्ने अपराधीलाई कारवाही गर्न नसकेको भन्दै उनीहरुले सरकारले अपराधीलाई कारवाही गर्न नसकेको भन्दै उनीहरुले सरकारको राजीनामा समेत माग गरेका थिए । कन्या क्याम्पसबाट निस्किएको जुलुस चौबिसकोठीमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले सरकारले प्रशासनलाई प्रभावकारी रूपमा चलाउन नसक्दा बलात्कारका घटनाहरु बढ्दै गएको बताए ।अहिले सरकार गैरजिम्मेवार तरिकाबाट प्रस्तुत हुँदै आएको भन्दै उनले सरकार जिम्मेवार नभए थप आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।सो अवसरमा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले महिलामाथि हुने हिंसा रोक्न सरकार असफल भएको बताइन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments