Incident Reports

भङ्गहा नगरपालिकाका लेखापालमाथि मेयरले कुटपिट गरेको आरोप ।

2018-09-27

Madhes, Mahottari, Bhangaha

भङ्गहा नगरपालिकाका लेखापाल पवन अधिकारीलाई सोही नगरपालिकाका मेयर २९ वर्षीय सञ्जिव साहले असोज ११ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । कार्यालयमा हर हिसावका विषयमा सामान्य विवाद भएपछि मेयर साहले आफूलाई थप्पड हानेको पीडित लेखापाल अधिकारीले बताए । उनले भने–‘ममाथि मेयरले हातपात र दुर्व्यवहार गरे । यसबारेमा मैले महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई मौखिक जानकारी पनि गराइसकेको छु । अब मेयर साहमाथि कारबाहीका लागि प्रशासनमा लिखित निवेदन दिन्छु ।’ मेयर साहले लेखापाल अधिकारीसँग गत आर्थिक वर्ष २०७४/०७५ को हिसाव माग्दा उल्टै धम्काएपछि एक थप्पड हानेको स्वीकार गरेका छन् । उनले पटकपटक हिसाब माग्दा नदिएपछि गत साउन ११ गते आफूले निवेदन समेत दिएको तर, कुनै वास्ता नगरेको बताए । उनले हिसाब बारे कुरा गर्दा ‘तपाइँलाई जे गर्नुछ गर्नुस्’ भनेपछि आवेशमा आएर एक थप्पड हानेको बताए । मेयर साहले लेखापाल अधिकारीको काम कारवाही ठीक नभएको र मेयरलगायत प्रमुख प्रशासकीय अधिकृत कसैलाई नटेर्ने गरेको आरोप लगाए । मेयर साहले यसअघि पनि एक जना कर्मचारीलाई कुटपिट गरेको आरोप लागेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Chitwan

0 Comments

Related Reports