Incident Reports

एमाओवादी र नेकपा-माओवादीको झडप, घटनास्थलमा एसएलआर राइफल फेला l

2013-11-09

२ का प्रत्यक्ष तर्फका उम्मेदवार राजेन्द्रप्रसाद किराती सहितको टोलीले जलजला गाविस-२ याङसिजुङको कालिका माविमा कार्यक्रम गर्ने क्रममा विद्यालयमा कार्यक्रम नगर्न भन्दै स्थानीय मणी लिम्बू, जीवन लिम्बू, सूर्य लिम्बू लगायतका युवाहरूले ढुङ्गामुडा गरी लखेटेको पछि पाँच सय मिटर टाडा जलजला गाबिस गाविस-३ को तोरीबारीमा नेकपा-माओवादीका कार्यकर्ताले बाटोमा अवरोध पुर्‍याए पछि झडप भएको थियो । झडपका क्रममा चार राउण्ड गोली चलेको थियो । घटनास्थलमा फेला परेको एसएलआर राइफल भने कुन पक्षको हो भन्ने पुष्टी नभएको सङ्खुवासभाका प्रहरी प्रवक्ता इन्सपेक्टर यमनाथ अधिकारीले बताए । नेकपा-माओवादीका इन्चार्ज राजेन्द्र कार्की(नविन)ले भने राइफल आफ्नो पार्टीले प्रयोग नगरेको बताए । एकिकृत नेकपा माओवादीका कार्यकर्ताहरू भने मोवाइल स्वीचअफ गरेर सम्पर्क बाहिर छन् । घटना स्थलमा इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर बिनोद निरौला र जिल्ला प्रहरी कार्यालय खाँदबारीका इन्स्पेक्टर सन्तोष पाठकको नेतृत्वमा ठुलो संख्यामा नेपाल प्रहरी परिचालन भएको छ । छेटु शेर्पा

0 Comments

Related Reports