Incident Reports

वडा अध्यक्षबिरुद्ध प्रदर्शन

2018-09-02

Madhes, Rautahat, Gaur

रौतहटको गौर नगरपालिका-४ टिकुलियाका स्थानीयहरु दोषीलाई बचाउन खोजेको भन्दै वडा अध्यक्ष भुवनेश्वर शाहीको बिरोधमा चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले पटक पटक यौन शोषण गरेको युवकलाई कानुनी कारवाहीबाट वडा अध्यक्षले रक्षा गर्न खोजेको भन्दै दबाब दिने उदेश्यले जिप्रकाको मुख्य गेटमा प्रदर्शन गरेका हुन् । स्थानीयले गाउँकै २१ बर्षिया युवक टिन्कु चंद्रबंशीले १५ बर्षीय बालिकाको घरमा प्रवेश गरेर जबर्जस्ती गर्न खोजेको बताएका छन् । दुई पटक सामाजिक निर्णय अनुसार छाडिएका चंद्रबंशीले तेस्रो पटक पनि बालिकालाई सिकार बनाउन खोजेपछि पक्राउ परेको स्थानीय मनोज सहनीले बताएका छन् । जुलुशमा सहभागी स्थानीयले पक्राउ परेका युवकमाथि कनुनी कारबाही गरिनुपर्ने र घटना मिलाउन खोज्ने वडाध्यक्षलाई समेत कारवाही गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments