Incident Reports

चुनाव चिन्ह मेटाइदिएको भन्दै, एमालेद्वारा काङ्ग्रेस विरुद्ध उजुरी l

2013-10-18

Kokila Dhakal आफ्नो पार्टीको चुनाव चिन्ह मेटाउँदै आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाली काङ्ग्रेस विरुद्ध नेकपा एमालेका क्षेत्र नम्बर ३ का चुनाव प्रचार संयोजक रमेश काफ्लेले कात्तिक २३ गते उजुरी दिएका छन् । निर्वाचन आयोगले प्रचारप्रसारका लागि तयार पारेको नमुना मतपत्रमा सूर्य र गोलाकारभित्र हँसिया-हतौंडाको चिन्ह मेटेर काङ्ग्रेसले इलाम नपा-६ स्थित विद्युतको पोलमा टाँसेको भन्दै संयोजक काफ्लेले उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी फडिन्द्र भट्टराईले बताए । काङ्ग्रेसले नमुना मतपत्रबाट दुईओटा चिन्ह हटाई रूख भएको कोठाभित्र मात्र मत सङ्केत गर्न अनुरोध गर्दै रूख चिन्हमा स्वस्तिक चिन्ह प्रयोग भएको नमुना मतपत्र पोलमा टाँसेको थियो । उजुरी परेपछि अनुगमन टोलीले हटाउन नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिमा लिखित मौखिक रूपमा जानकारी गराएको कार्यालयका भट्टराईले जानकारी दिएका छन् । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis