Incident Reports

विवाह दर्ता गर्न आग्रह गर्दा युवतीमाथि श्रीमान र परिवारबाट कुटपिट

2018-09-29

Madhes, Saptari, Rajbiraj

राजविराज नपा–१५ मुसहर्नियाकी १८ वर्षीया प्रेमकला ठाकुरलाई २५ वर्षीय पति मनोज ठाकुर र ४५ वर्षीया सासू रधियादेवी ठाकुरले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितका बुवा रुपनी गाउँपालिका–१ रायपुरका ४० वर्षीय मोहन ठाकुरले जिल्ला प्रहरी कार्यालयमा असोज १४ गते उजुरी दिएका छन् । मादक पदार्थ सेवन गरेका पतिले ‘चरित्रहीन’को आरोप लगाउँदै असोज ११ गते राति कपाल घिस्याएर लाठी र मुक्काले कुटपिट गर्दा उनको शरीरभरी चोटपटक र निलडाम लागेको छ । कुटपिटबाट बेहोस पीडितलाई उनका बुवा मोहन ठाकुरले उद्धार गरी असोज १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गराएका छन् । शरिरभरी जताततै चोटपटकको निलडाम लागेकी पीडितको उजुरी आएकोले पीडितको असोज १५ गते घाउजाँच परीक्षण गरी कारवाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए । घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । सामाजिक परम्परा अनुसार ०७४ वैशाख ३ गते विवाह गरेका पीडितका पति मनोज ०७४ असारको पहिलो साता रोजगारीका लागि मलेशिया गएपछि घरनिकाला भएकी पीडित रुपनी गाउँपालिका–१ रायपुरस्थित माइतीघरमा विस्थापित भएकी थिइन् । पति विदेशबाट फर्केपछि पीडित भदौ २० गते घर गएकी थिइन् । पीडितले विवाह दर्ता र नागरिकता बनाइदिन भन्दा आरोपितहरूले चरित्रहीनको आरोप लगाई अर्को विवाह गर्ने धम्की दिँदै मरणासन्न हुने गरी कुटपिट गरेको पीडितको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
National/Online Media , INSEC , Local Newspaper - Rautahat

0 Comments

Related Trend Analysis