Incident Reports

झगडा हुँदा नाका बन्द

2018-09-01

Province 1, Jhapa, Mechinagar

नेपाल र भारतका व्यापारीहरुबीच झगडा हुँदा शनिबार पूर्वी नाका काकरभिट्टा केहि समय बन्द भएको छ ।भारतका विकास र संजीव दुई व्यापारीसंग केहि दिनअघि मेचीनगर ६ का व्यापारी कुमार पोखरेलको झगडालाई लिएर नाका ठप्प भएको हो ।जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार केहि दिनअघि दुई व्यापारीबीच झापाको इट्टाभट्टामा विवाद भएको थियो ।यही घटनालाई लिएर शनिबार भारतका व्यापारीले एक घण्टा नाकामा अवरोध पुर्याएका हुन् ।पछी दुवैतर्फका प्रहरीको सक्रियतामा नाका खुलाइएको डीएसपी बस्नेतले बताए । मेचीनगरका व्यवसायी पोखरेलले व्यावसायिक लेनदेनको विषयलाई लिएर बिहिबार विकास र संजिवलाई कुटेका थिए ।भारतीय पक्षले भने कुटपिटको विषयमा इलाका प्रहरी कार्यालय काकरभिट्टामा निवेदन दिंदा लिन नमानेपछि बन्द गरिएको बताएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Strike/Bandh
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Jhapa

0 Comments

Related Reports