Incident Reports

'मलार्इ न्याय दिनुस्'

2018-09-28

गत असाेज १२ गते बलात्कारमा परेकी खोटाङकी एक दुर्गम गाउँकी महिला न्यायकाे खाेजिमा हिड्दै तीन दिनमा दिक्तेल अाइपुगेकी छन्। हटियाबाट चामल किनेर घर फर्कने क्रममा बीच बाटोमा पर्ने जंगलमा बलात्कार गर्ने दोषीलाई कारवाहीकाे माग गर्दै ३५ वर्षीय महिला श्रीमान सहित ९ महिनाको बच्चा काखमा च्यापेर दिक्तेल आइपुगेकी हुन्। भोजपुरको बालंखामा लागेको शुक्रबारे हटियाबाट दशैंका लागि चामल किनेर फर्कने क्रममा जन्तेढुंगा गाउँपालिका २ बोपुङ तीननिउका हरि खड्काले असोज १२ गते शुक्रबार बलात्कार गरेको पिडित महिलाले बताएकी छन्। पिडित परिवारका अनुसार आरोपितले उनलाई बालंखा र बोपुङको सिमानामा पर्ने चप्लेटी जंगलमा जबरजस्ती बलात्कार गरेका हुन्। बलात्कार गर्ने खड्का विरुद्ध घटना भएकाे दोस्राे दिन असाेज १३ गते ईलाका प्रहरी कार्यालय चिसापानीमा उजुरी दिएकी पिडित महिला पैदल हिँडेर सोमवार जिल्ला प्रहरी कार्यालय खोटाङ आइपुगेकी हुन्। आरोपित खड्का फरार भएको प्रहरीले जनाएको छ। दुई बच्चा र घरको रेखदेख गर्ने जिम्मा आफन्तलाई छाडेर दिक्तेल आएको पिडित महिलाका श्रीमानले बताए। ‘श्रीमतिमाथि नराम्रो भयो, घरमा कलिला बच्चा छाडेका छौँ,’ उनले भने, ‘दाजुभाउजुलाई घर र बालबच्चाको हेरचाह गरिदिनु भनेर दिक्तेल आएका हौँ।’ ईलाका प्रहरी कार्यालय चिसापानीमा मौखिक उजुरी आएपछि जाहेरी दरखास्त दर्ता गरेर कानुनी कारवाहीकाे प्रक्रया अघि बढाउन पिडितलाई दिक्तेल झिकाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। पिडित महिलाको जाहेरीका आधारमा सोमवार आरोपित विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरिएको छ। ‘रितपुर्वक पिडितको जाहेरी दरखास्त दर्ता लगायतका कानूनी प्रकृया अघि बढाइसकेका छौँ,’ डिएसपी केसीले भने, ‘पिडितको स्वास्थ्य परिक्षण गर्नेदेखि अदालतबाट पक्राउका लागि अनुमती लिने र खोजतलासको काम सुरु भइसकेको छ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments