Incident Reports

काभ्रेमा पाँच स्थानमा बम l

2013-11-11

नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आहृवान गरेको आम हड्ताल बिहानैदेखि देशभर प्रभाव भइरहेको बेला नेकपा-माओवादीका कार्यकर्ताले काभ्रेमा सडक अवरुद्ध बनाउन विभिन्न पाँच ठाँउमा बम राखेको छ । जिल्लाको तामाघाट, खावा, श्रीखण्डपुर, चण्डेश्वरी र डाँडागाउँमा बम राखिएको फेला परेका प्रहरीले जनाएको छ । बम भेटिएको ठाउँमा अहिले नेपाली सेनाको बम डिस्पोजल टोलिले निस्कृय गरिरहेको छ । हडतालका कारण जिल्लामा प्रभाव परेको छ । लो तथा छोटो दुरीका सवारी चल्न सकेका छैनन् । बजार, पसल, उद्योग कलकारखाना भने ठप्प छन् ।

0 Comments

Related Reports
Related Trend Analysis