Incident Reports

कमेडी फिल्म खेल्दा चरित्रहीन आरोपमा स्कुलबाट निकालियो

2018-09-30

Madhes, Siraha, Lahan

सानो कमेडी फिल्ममा अभिनय गरेकै कारण सिराहाको लहान नगरपालिका–८ स्थित मोडेल एजुकेशनल एकेडेमीले कक्षा १० मा अध्ययनरत एक छात्रालाई निष्कासन गरेको छ । सिराहा नगरपालिका–१८ माडर घर भएकी छात्रा संजना मण्डललाई उक्त निजी स्कुलले निष्कासन गरेको हो । कमेडी फिल्ममा अभिनय गरेर चरित्रहीन बनेको बताउँदै प्रिन्सिपल इन्द्रदेव मण्डलले स्कुलबाट निकालेको पीडित छात्रा संजनाले बताइन् । प्रिन्सिपलले अबदेखि स्कुलमा प्रवेश गरे ठिक नहुने चेतावनीसमेत दिएको उनले सुनाइन् । प्रिन्सिपलले नै निष्कासन गरेपछि छात्रा संजना दुई दिनदेखि पढ्न गएकी छैन । उनकी आमा शितल मण्डलले एसइई परीक्षा दिन मात्र ६ महिना बाँकी रहँदा विद्यालयबाट निकालेपछि छोरी बिचल्लीमा परेको बताइन् । छोरीको पढाई बिग्रिने डरले चिन्तामा डुबेकी उनले भनिन् ‘स्कुलबाट यस्तो अवस्थामा निष्कासन गर्‍यो अब अन्य कुनै विद्यालयमा यो बेला भर्ना पनि लिँदैन ।’ संजनाका दुई बहिनी र एक भाइ पनि त्यही स्कुलमा पढ्दै आएका थिए । तर उनीहरूलाई पनि शौचालय सफा गर्न र खाना पकाउन लगाएपछि अभिभावकले अन्य स्कुलमा भर्ना गराए । त्यस दिनदेखि नै प्रिन्सिपल मण्डलले छात्रा संजनालाई विभिन्न बहानामा यातना दिँदै आएका थिए । ‘निकालेका छोराछोरीलाई फेरि यही स्कुलमा पुनः भर्ना गराऊ भन्ने धम्की दिइएको थियो, संजनालाई पनि पढ्न नदिने धम्की दिँदै आएका थिए’ उनले भनिन्, ‘अहिले कमेडी फिल्म खेलेपछि बहाना भेट्यो । त्यही बहानामा स्कुलबाट निष्कासन गरेर छोरीको भविष्य बिगार्न खोजियो ।’ उनले छोरीको भविष्य बचाइदिन सम्बन्धित निकायसँग माग गरेकी छन् । यता प्रिन्सिपल मण्डलले ग तल काम गरेपछि स्कुलबाट निकालेको दाबी गरेका छन् । तर के गलत काम गरिन् भन्ने उनले खुलाएनन् । ‘कसले भन्यो स्कुलबाट निष्कासन गर्‍यो ? यो विषयमा भेटेर कुरा गर्छु,’ प्रिन्सिपल मण्डलले थपे, ‘होइन भने निकालिएकी छात्राले के–के गुनासो गरिन् सबै कुरा लेखिदिनुस् ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Secondary Form Threat/intimidation
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments