Incident Reports

४१ प्रतिशतको विवहा सानैमा, ३२ प्रतिशत गर्भवती १८ वर्ष मुनिका

2018-09-30

जिल्ला सामुदायिक अस्पतालमा गर्भ परीक्षणका लागि ‘बालिका गर्भवती’को सङ्ख्या बढ्दै आएको जिल्ला सामुदायिक अस्पतालका डाक्टर हिक्मत भण्डारीले बताए । गर्भ परीक्षण गर्न आउने सङ्ख्याको ३२ प्रतिशत गर्भवतीहरू १८ वर्ष उमेर नपुगेको पाइएको डाक्टर भण्डारीले बताए । जिल्ला अस्पतालको तथ्याङक अनुसार ४१ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेको पाइएको छ । कानुनत २० वर्ष पूरा गरे मात्र विवाह गर्न पाइने व्यवस्था छ । स्थानीय सरकारले यसको न्यूनीकरणमा चासो देखाएपनि ‘मागेर’ भन्दा पनि ‘भागेर’ विवाह गर्नेहरूले बालविवाह गरेको पाइएको छ । बालविवाह गर्नाले महिलाको शारीरिक र मानसिक स्वास्थ्य अवस्था कमजोर हुने डाक्टर भण्डारीको भनाइ छ । दुधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मस्र्याङदी गाउँपालिकामा बालविवाह गर्नेको सङ्ख्या अन्यत्रको तुलनामा धेरै रहेको जिल्लाको तथ्याङकमा रहेको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बताए । सचेतना अभियानमार्फत बालविवाह न्यूनीकरण गर्न आवाश्यक रहेको पाण्डेको भनाइ छ ।

0 Comments