Incident Reports

काङ्ग्रेस र माओवादीबीचको झडपमा दश घाइते l

2013-10-13

Jivan Sejuwal मुगु । ०७० असोज २९ गते, काङ्ग्रेसको घरदैलो कार्यक्रममा नेकपा-माओवादी कार्यकर्ताहरूले असोज २७ गते आक्रमण गर्दा दुवै तर्फका दश जना घाइते भएका छन भने एकको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीदेखि दुई दिनको पैदल यात्रा लाग्ने उत्तरपश्चिम भिई गाविसस्थित भिई गाउँमा रहेको छ । घाइते हुनेमा काङ्ग्रेस कार्यकर्ताहरू भिई गाविसका जलेश्वर धामी सोही गाविसका लिला धामी, केशव धामी, पुन्नलाल कुलाल र नार्थपु गाविस-५ जडेपानीका अक्कल शाही रहेका छन् । घाइते शाहीको अवस्था चिन्ताजनक रहेको नेपाली काङ्ग्रेसले जानकारी दिएको छ । नेकपा-माओवादीतर्फ दन्त्या दमाई, तारा दमाई लगायत पाँच जना घाइते भएको नेकपा-माओवादीले जनाइएको छ । काङ्ग्रेसको घरदैलो कार्यक्रम अन्तरगत असोज २७ गते भिई गाउँमा घरदैलो कार्यक्रम भईरहेको समयमा दिउँसो ३ बजे माओवादी कार्यकर्ताले ढुङ्गा मुढाले आक्रमण गरेको काङ्ग्रेसले जनाएको छ । आफना कार्यकर्ता माथी काङ्ग्रेसले आक्रमण गरेपछि जवाफी आक्रमण गरेको माओवादीले बताएको छ । घटनास्थल सदरमुकामदेखि टाढा भएकाले विस्तृत जानकारी आएको छैन् । दुबै तर्फगरी दश जना घाइते भएको जानकारी प्राप्त भएको स्थानीयबासीले जनाएका छन् । तत्काल घटनास्थलतर्फ सोरुकोट प्रहरी चौकीबाट १५ जनाको टोली गएको र जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टेाली हिडेको प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिए । पछिल्लो जानकारी अनुसार घटनास्थलको अवस्था सामान्य बन्दै गएको प्रजिअ गिरीले जनाए । काङ्ग्रेस कार्यकर्ताले आफ्नो पार्टी विरुद्ध चर्का नाराबाजी गरेपछि सामान्य विवाद हुँदा झडप हुनु स्वभाविक भएको माओवादीका वैकल्पिक केन्द्रिय सदस्य मङ्गलबहादुर शाहीले बताए । यता काङ्ग्रेसले चुनावी अभियान भइरहेको समयमा माओवादीले कालो झण्डा देखाउदा झडप भएको दावी गरेको छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले झडप सामान्य भएको र पाँच जना जति सामान्य घाइते भएको प्रतिकृया दिए । जीवन सेजुवाल

0 Comments

Related Reports
Related Trend Analysis