Incident Reports

भोजको जुठो सफा नगरेको भन्दै विद्यालयबाट निकालिए दलित विद्यार्थी

2018-10-02

Madhes, Mahottari, Bhangaha, Ward 9

भङ्गाहा नगरपालिकामा एक दलित विद्यार्थी विद्यालयबाट निष्कासित भएका छन् । भङ्गाहा–९, हरिनमरीका सिकिन्दर मरिक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट मङ्गलबार निष्कासन गरिएका हुन् । कक्षा ७ का मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले निष्काशन गरेको बताएका छन् । आफूलाई विद्यालय परिसरमा छरिएको फोहर सफा नगरेको निहुँमा निष्कासन गरिएको पीडितको भनाई छ । विद्यालयमा यही असोज १० गते लेखापाल राकेश यादवकी हजुरआमाको क्रियाभोज खाँदा मिल्किएको फोहोर सफा नगरेको भन्दै निष्कासन गरिएको पीडितले बताएका छन् । मुकेशका आमाबाबुले पनि आफूहरुलाई नीच जातको भनेर प्रअले हेपेको बताएका छन् । पिता हरिनमरीले आफूलाई पनि प्रअले बारम्बार फोहर सफा गर भन्दै हप्काएको बताएका छन् । असोज १० गते विद्यालय नै बन्द गरेर परिसरमा खुवाइएको भोजका जुठा पात डोम भएकै कारण आफ्नो छोरालाई सफा गर्न लगाइएको उनका पिताको भनाई छ । विद्यालयबाट निष्काशित मुकेश आफूमाथि न्याय हुनपर्ने भन्दै अहिले बस्तीका भद्रभलादमी गुहारिरहेका छन् । प्रअ यादवले फोहर सफा गर्न आफूसमेत सरिक रहेको बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
National/Online Media , INSEC , Local Newspaper - Mahottari

0 Comments