Incident Reports

नेकपा-माओवादीका कार्यकर्ता गिरफ्तार l

2013-11-10

Karnali, Dolpa, Shey Phoksundo

Bishnu Prasad Devkota बन्दको आह्वान गर्दै हिँडेका नेकपा-माओवादीका कार्यकर्तालाई कात्तिक २४ गते दुनै बजारबाट प्रहरीले गिरफ्तार गरेको छ । बन्दको आह्वान गर्दै विज्ञप्ति र पर्चा टाँस्दै हिँडेको अवस्थामा कार्यालय सचिव पुष्प बुढा, सह इन्चार्ज उर्मिला बिक लगायत छ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तार गरेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले बन्दलाई प्रभाव नपार्ने गरी कसैले जिम्मा लिए छाड्ने तत्काल छाड्न सकिने र जिम्मेवारी नलिए मंसिर ५ गते छाडिने बताए । बन्दकर्ताले तोडफोड गरेका हुन् ।

0 Comments

Related Reports
Related Trend Analysis