Incident Reports

एमाओवादीको चुनावी सभामा बम प्रहार l

2013-11-11

Dev Raj Gurung एकीकृत नेकपा माओवादीको चुनावी सभामा अज्ञात समूहले कात्तिक २५ गते साढे ३ बजेतिर बम प्रहार गरेको छ । सदरमुकाम फुङलिङस्थित सभास्थल तोक्मेडाँडामा आर्ईईडी नाम गरेको बम प्रहार गरेको सुरक्षा स्रोतले जनाएको छ । पेप्सीको वट्टा जत्रो बस्तुबाट धुँवा निस्केपछि सभामा सहभागीहरू 'बम बम' भन्दै चिच्याउन थालेपछि सभामा सहभागीहरूबीच भागदौड मच्चिएको थियो । एमाओवादी उम्मेदवार सञ्चपाल मादेनले सभालाई सम्बोधन गरिरहेको स्थानबाट १० मिटरको दुरीमा बम प्रहार भएको थियो । सेनाको ब्यारेककै अगाडि फ्याकेको उक्त बमलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घेरा हालेर राखेको र चुनावी सभा सकिएपछि डिस्पोज गरिएको डिएसपी गोविन्दप्रसाद आचार्यले बताए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रत्यक्षदर्शी सर्वसाधारणहरूले बताएका छन् । यद्यपी प्रहरीले पक्राउ परेकाको बारेमा पुष्टि गरेको छैन । बम प्रहार गर्नेको खोजी जारी राखेकाले आक्रमणकारीको पहिचान खुल्न बाँकी रहको डिसपी आचार्यले जानकारी दिए । देवराज गुरुङ

0 Comments

Related Reports
Related Trend Analysis