Incident Reports

प्रजिअ पौडेल विरुद्ध प्रशासन कार्यालयमा नारावाजी

2018-09-25

Madhes, Parsa, Paterwasugauli

पर्साका पेटर्वा सुगौली गाउँपालिकाका बासिन्दाहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय परिसरभित्र प्रमुख जिल्ला अधिकारी लेखनाथ पौडेलको विरुद्धमा नारावाजी गरेका छन्। पर्सा प्रहरीद्वारा ग्रामिण क्षेत्रमा अनाहकमा आतंक मच्चाएको भन्दै पर्साका पेटर्वा सुगौली गाउँपालिकाका स्थानिय बासिन्दाहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय ज्ञापन पत्र बुझाउन आउँदा प्रमुख जिल्ला अधिकारीले ज्ञापन पत्र बुझ्न नमानेपछि स्थानीय वासिन्दाहरुले प्रमुख जिल्ला अधिकारीको विरोधमा नारावाजी गरेका हुन्। असोज ५ गते विशेष सुराकीको आधारमा भदै पेतार्वासुगौली गाउँपालिका वडा नम्बर १ बैरियाका श्रीभगवान गिरिको घरमा मध्यरातमा प्रहरीले छापामारी गरि वृद्ध वृद्धा, महिला बालबलिकालाई आतंकित बनाएको भन्दै राधिका देवी गिरिले दोषी प्रहरी उपर कारवाहीको माग गर्दै आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउन जाँदा प्रमुख जिल्ला अधिकारीले बुझ्न नमानेको पिडितहरुले बताएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Local Newspaper - Parsa

0 Comments