Incident Reports

बलात्कार आरोपमा युवक पक्राउ

2018-10-09

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पुथाउत्तरगंगा गाउँपालिका–५ हुकाम रुकुमपूर्वका ३० वर्षीय सविन भनिने सुविन्द्र घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो । बाँफिकोट गाउँपालिका घर भइ मुसीकोट नगरपालिका–१ मा डेरा गरी बस्ने ३० वर्षीया एक महिलालाई बलात्कार गरेको अभियोगमा घर्ती पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए। गत सोमबार राति १२ बजे जबरजस्ती करणी गरेका घर्ती मंगलबार बिहान साढे १ बजे पक्राउ परेका थिए। घरमा बलेका सबै बत्ति निभाएर चुकुल खोलेर घर्ती महिलाको कोठामा प्रवेश गरेको प्रहरीले बताएको छ। जबरजस्ती करणी गरेको सूचना पाए लगत्तै परिचालन भएको प्रहरीले घर्तीलाई पक्रेको थियो। घर्तीको साथबाट पीडित महिलाको एउटा मोबाइल सेट र नगद १६ हजारसमेत बरामद गरिएको डिएसपी खड्काले बताए। प्रहरीले घर्तीलाई बिहीबार बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। पीडित महिलाले आफूमाथि जबरजस्ती करणी गरेको तथा २० हजार नगद चोरेको उजुरी दिएकी छिन्। घर्तीविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments