Incident Reports

ग्याङ फाइटमा एक युवकको मृत्यु

2018-10-09

Madhes, Saptari, Rajbiraj, Ward 1

दुई समूहबीच भएको ‘ग्याङ् फाइट’ का क्रममा एक युवकको मृत्यु भएको छ । सदरमुकाम राजविराज १ मा स्थानीय युवकहरुबीच मंगलबार बिहान झडप भएको थियो । झडपका क्रममा गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो । राजविराज १ निवासी भन्नालाल यादवका २१ बर्षीय छोरा प्रेमको ग्याङ् फाइटमा परी हत्या भएको हो । मंगलबार बिहान गाउँमै ग्याङ् फाइटमा परेका प्रेमको टाउकोमाथि काठको चिर्पटले प्रहार गरिएको थियो । रक्ताम्य भएका उनलाई तत्काल विराटनगर लगिएपनि उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको छ । उनीमाथि १२/१३ जनाको समूहले आक्रमण गरेको थियो । आक्रमणमा परेका उनलाई तत्कालै विराटनगर लगेपछि टाउकोमा ५२ वटा टाँका लगाई उपचार थालिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको छ । मृतक यादवका पिता नेपाल कम्युनिष्ट पार्टीका सकृय कार्यकर्ता हुन् भने विगतमा तत्कालिन नेकपा माओवादी केन्द्रमा सकृय थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , INSEC , Local Newspaper - Siraha

0 Comments

Related Reports