Incident Reports

प्रधानाध्यापकलाई हातपात गरेको आरोपमा तीनजना शिक्षक गिरफ्तार ।

2018-10-10

Gandaki, Lamjung, Besishahar, Ward 7

वेशीसहर नपा–७ स्थित जनविकास उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक ४५ वर्षीय रत्नमान श्रेष्ठलाई कार्यकक्षमै हातपात गरेको आरोपमा प्रहरीले सोही विद्यालयका शिक्षक ३३ वर्षीय दिपेन्द्र रावल, ४१ वर्षीय शिवराज अधिकारी र ४२ वर्षीय बद्रीप्रसाद पौडेललाई असोज २४ गते गिरफ्तार गरेको छ । विद्यालयका करार शिक्षक दिपेन्द्र रावलको सेवा सुविधाका बारेमा विवाद हुँदा असोज २३ गते आफूमाथि कुटपिट भएको प्र्रधानाध्यापक श्रेष्ठको आरोप छ । शिक्षक रावलसँग विवाद हुँदैगर्दा अन्य दुईजना शिक्षक समेत आएर आफूमाथि कुटपिट गरेको पीडितले बताए । घटनापछि गिरफ्तार गरिएका आरोपित शिक्षकहरूलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले जानकारी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports