Incident Reports

गुनासो बढेपछि नगरपालिका नै सारियो, स्थानीय आन्दोलित

2018-10-12

Madhes, Mahottari, Bardibas

औरही नगरपालिकाले आफ्नो कार्यालय सारेपछि स्थानीय सेवाग्राही आन्दोलित बनेका छन् । annapurna post राजपाका स्थानीय नेता दरेश यादवको संयोजकत्वमा दुई साता अघिदेखि आन्दोलन हुँदै आएको थियो । आन्दोलनकै बीच गुनासो सम्बोधन नगरेर नगरपालिका कार्यालय नै सरेपछि उनीहरु झनै आन्दोलित बनेका हुन् । विभिन्न १५ बुँदे मागसहित उनीहरुले ज्ञापनपत्र, खवरदारी सभा, तालाबन्दी र सडक जामसमेत गरेका थिए । नगर कार्यालयको मूल गेटमै धर्ना समेत बसे । कार्यपालिकाले भने नगरपालिका कार्यालय ठाउँ नै सारेर सोनामाई गाउँमा पुर्याएको छ । यद्यपि स्थानीयको आन्दोलन रोकिएको छैन । आन्दोलनका संयोजक यादवका अनुसार, आन्दोलनकारीले उठाएका मागमा आव ०७५र७६ को बजेट सार्वजनिक गर्नुपर्ने, नगर परिषदको निर्णय सार्वजनिक गर्नुपर्ने, दोहोरो कर खारेज, सेवा दस्तुर मिनाहा, योजना छनौटमा जन सहभागिता, न्यायिक समितिको पूर्ण कार्यान्वयन लगायत छन् । नगरप्रमुख सुनिल यादवले भने विरोधका लागि विरोध गर्न मात्र माग उठाएको आरोप लगाएका छन् । यादवले भने, ‘उचित माग भए पो पूरा गर्ने ! दसैंको मुखमा तालाबन्दी गरेर विवाद खडा गरेपछि नगरपालिकाको नाम र नगर कार्यालय नै फेर्ने निर्णयमा पुगेका हौँ ।’ दरेश लगायत असन्तुष्ट समूहले भने आन्दोलन झनै चर्काउने चेतावनी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments