Incident Reports

कटुवा पेस्तोल सहित ३ जना पक्राउ

2018-10-12

Madhes, Dhanusha, Janakpur, Ward 19

नल कटुवा पेस्तोल १ थान र १ राउण्ड गोली सहित जनकपुर उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय रिक्रेश साह, सोही स्थान बस्ने १८ वर्षीय आशिष मण्डल र औरही गाउँपालिका-६ बस्ने २७ वर्षीय रामचन्द्र दासलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका-१९ स्थित फुसको छानो भएको झुपडीमा अवैध रुपमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रेल्वेबाट संयुक्तरुपमा खटिएको प्रहरीले जाँच गर्दा उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments