Incident Reports

बाबुसँग अनैतिक सम्बन्ध राख्नेको घाटी रेटी हत्या

2018-10-15

Madhes, Bara, Kalaiya, Ward 13

बाबुसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि बारामा छोराले एक महिलाको घाँटी रेटेर हत्या गरेका छन् । कलैया उपमहानगरपालिका १३ वलिरामपुर बस्ने ४५ वर्षीया सियापती देवी धोविनको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २८ बर्षीय रबिन महतो धानुकलाई पक्राउ गरेको हो । कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा स्थित सीमावर्ती क्षेत्रमा लुकी छिपी बसेको अवस्थामा रविनलाई प्रहरीले असोज २८ गते पक्राउ गर्न सफल भएको थियो । मृतक सियापति र पक्राउ परेका रविन महतो धानुकको बाबु दशरथ महतो नुनियाबीच करिब १५/२० वर्षदेखि अनैतिक सम्बन्ध रहँदै आएको र जसका कारण दशरथको घरमा पारिवारिक विवाद हुने गरेको थियो । त्यसैको झोकमा रविनले सियापतिको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिए । ‘अनैतिक सम्बन्धका कारण गाउँमा बेइज्जत भयो, दुवैलाई सम्झाउँदा पनि भनेको नमानेपछि हत्या गरेको हुँ भनेका छन्’ उनले भने । यसरी भयो हत्या लामो समयदेखि अनैतिक सम्बन्ध रहेका कारण गाउँमा चर्चा हुने गरेको थियो । जसले गर्दा दैनिकजसो पारिवारिक कलह भइरहने गरेको थियो । असोज ६ गते दिउँसो मृतक सियापती धोबिन एक्लै खेतमा घाँस काटिरहेकी थिइन् । खेतमा एक्लैदेखि रबिन र निजको श्रीमती मिलेर तत्काल उनको हत्या गर्ने योजना बनाए । उनीहरु दुवै जना मिलेर सियापतीले नै खर काटनको लागी लगेको हसियाको प्रयोग गरी घाटी रेटी हत्या गरेका थिए । महिला फरार रहेकोले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार गत असोज ६ गते बाराको कलैया उपमहानगरपालिका १३ वलिरामपुर गाउँदेखि करिब १ किमी दक्षिण पूर्व पसाह खोला किनारमा खेतमा घाँस काट्दै गरेकी सियापित देवी धोबिनको त्यही हत्या भएको थियो । राति अबेरसम्म घर नफर्किएपछि घरपरिवार तथा स्थानीयले खोजी गर्ने क्रममा असोज ७ गते बिहान स्थानीय प्रभुप्रसाद यादवको उखु खेतमा घाटी रेटी कर्तव्य गरी मारी फालेको अवस्थामा शव फेला पारेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments