Incident Reports

राप्रपा र एमालेका कार्यकर्ताबीच झडप l

2013-11-09

Gandaki, Lamjung, Marsyangdi

Krishna Prasad Adhikari घनपोखरा गाविसमा एमालेको चुनावी प्रचारमा पुगेका कार्यकर्तामाथि राप्रपाका युवाहरूले कात्तिक २३ गते राती ढुङ्गा प्रहार गरेपछि झडप भएको छ । घरदैलो अभियानमा घनपोखरा पुगेका नेकपा एमाले क्षेत्र नम्बर १ का उम्मेदवार जमिन्द्रमान घलेसहितको टोलीलाई राप्रापा समर्थित युवाहरूले आक्रमण गरेपछि दुईपक्षबीच झडप भएको स्थानीयवासीले बताए । राती १० बजेको समयमा भएको दोहोरो झडपमा परी एमालेका दुई जना, राप्रपाका एकजना र उम्मेदवारका सुरक्षागार्ड सन्तोष कार्की घाइते भएका छन् । झडप नियन्त्रण्मा लिन क्रममा प्रहरीले गोली समेत चलाएको थियो । प्रहरीले घटनामा संलग्न भएका भनिएका राप्रपाका उज्वल गुरुङलाई नियन्त्रणमा लिएको छ । घटना भएको स्थान घनपोखरामा प्रहरी परिचालन गरिएको र थप घटना हुन नदिन सर्वपक्षिय बैठक राखिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा एमालेले सामान्य भएको जनाएको छ । कृष्णप्रसाद अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis