Incident Reports

दुई ओटा गाडीमा आगजनी l

2013-11-11

७०८४ नम्बरको गाडीमा राती अज्ञात समूहले आगजनी गरेको छ । स्थानीयको सहयोगमा आगो समयमै नियन्त्रणमा आएकोले गाडी पूर्णरुपमा क्षति नभएको प्रहरीले जनाएको छ । यसैगरी, दुई जनाको सङ्ख्यामा आएका पहिचान नभएका व्यक्तिहरूले मध्यपुर थिमी नपा-११ बालुवा डिपोमा राखिएको ना ३ ख ३७११ नम्वरको बसमा बिहान करिव साढे ३ बजे पेट्रोल छरी आगजनी गरेका छन् । सिन्धुपाल्चोकको मुढे देउराली चल्ने सो बस जलेर नष्ट भएको छ । गाडीमा सुतेका बसका सहयोगी कर्मचारी सिन्धुपाल्चेाकका तुलबहादुर तामाङ्ग पेट्रोल छर्किएको थाहा पाउना साथ बसबाट भागेका थिए । उनी भाग्ना साथ बसमा आगो लागेको तामाङ्गले जनाए । यसैबीच, भक्तपुरको दुवाकोटको सडकमा शंकास्पद बस्तु देखिएकोले प्रहरी तथा सेनाको टोली घटनास्थल तर्फपुगी सकेको प्रहरीले जनाएको छ । आगो लगाउने तथा शंकास्पद बस्तु राख्ने समूहको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । रोशनराज अर्याल

0 Comments

Related Reports
Related Trend Analysis