Incident Reports

श्रम ऐन लागू गर्न माग गर्दै चिया श्रमिक आन्दोलित

2018-10-23

सरकारले लागू गरेको श्रम ऐन कार्यान्वयन माग गर्दै झापाका चिया श्रमिक पुन: आन्दोलित बनेका छन् ।सरकारले गत वर्षको भदौ १९ गते यो ऐन लागू गरेको थियो । ऐन कार्यान्वयनमा चिया उद्यमीले आनाकानी गर्दै आएका छन् । श्रम ऐन कार्यान्वयन, न्यूनतम ज्याला वृद्धि, सामाजिक सुरक्षा ऐन आदि चार सुत्रीय माग राख्दै श्रमिक आन्दोलित बनेका हुन्।  झापा मेचीनगरको टोकला चिया बगानका करिव ३ सय श्रमिकले मंगलबार बिहान बगान कारखाना परिसरमा पत्रकार सम्मेलन गरी ५ दिनभित्र माग पुरा नगरे चरणवद्ध आन्दोलन सुरु गर्ने अल्टिमेटम दिएका छन्। श्रमिक नेता तिलक दर्जीले सरकारले लागू गरिसकेको ऐन कार्यान्वयनमा बगान प्रशासनले आनाकानी गरेको आरोप लगाए। उनले आगामी कात्तिक ११ सम्म माग पुरा नभए बगानका सम्पूर्ण काम ठप्प पार्नुका साथै सडक संघर्ष सुरु गर्ने चेतावनी दिए। ‘बारम्बार अनुरोध गर्दा पनि बगान प्रशासनले हाम्रो मागलाई लत्याइरहेको छ,' दर्जीले भने, ‘अब श्रमिकहरुको धैर्यताको बाँध फुटिसक्यो।’ श्रमिक नेता मिलन राईले श्रम ऐनमा उल्लेखित दसैं खर्च पाउनु पर्ने व्यवस्थालाई समेत कगान प्रशासनले बेवास्ता गरेको आरोप लगाए। उनले थपे,‘खर्च नपाउँदा धेरै श्रमिकको दसैं खल्लो बन्यो।’ पूर्वमा करिव २ करोड ५० लाख किलो चिया उत्पादन हुन्छ। १ करोड ५९ लाख किलो सीटीसी र बाँकी अर्थोडक्स चिया उत्पादन भइरहेको छ। नव्बे प्रतिशत अर्थोडक्स तेस्रो देश जान्छ। ६० प्रतिशत सीटीसी चिया भारत निर्यात भइरहेको छ। झापा र इलाममा मात्रै साना ठूला गरी सय बढी चिया कारखाना छन्। चिया क्षेत्रमा करिव ४५ हजार श्रमिक कार्यरत रहेको अनुमान छ। जसमध्ये थोरै मात्र स्थायी छन् भने हजारौं मजदुर वर्षौदेखि ज्यालादारी छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis