Incident Reports

कुटपिट घटनाका आरोपित गिरफ्तार

2018-10-21

Lumbini, Rukum East, Musikot, Ward 8

मुसीकोट नपा–८ की ३२ वर्षीया रिता रोका मगरलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति वीरबहादुर रोका मगरलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । पीडित महिलाकी आमाले कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रमोद क्षेत्रीले बताए । पीडितलाई आरोपितले टिम्मुरको लठ्ठीले कात्तिक ४ गते कुटपिट गर्दा टाउकोमा चोट लागेको पीडितकी आमाले बताइन् । पीडित महिलाको उपचार जिल्ला अस्पताल सल्लेमा हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । प्रहरीसँगको सोधपुछमा आरोपित रोकाले पत्नी परपुरुषसँग लागेको शङ्काले कुटपिट गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते रोका खाना खान र बोल्न समेत नसक्ने अवस्थामा रहेको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments