Incident Reports

भारतमा बन्धक बनाइएका २८ जना नेपाली महिलाको उद्दार

2018-10-23

Nepal

खाडी मुलुकमा रोजगारीको प्रलोभन देखाइ साढे २ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली महिलालाई भारतीय प्रहरीले उद्दार गरेको छ। भारतको उत्तर प्रदेशस्थित इन्दरपुरको एक भवनमा उनीहरुलाई साढे २ महिनादेखि बन्धक बनाइ राखिएको प्रहरीले जनाएको छ। बन्धक बनाउने काममा संलग्न रहेको आरोपमा केदार भनिने एक व्यक्तिसहित अन्य ५ जनालाई पनि गिरफ्तार गरेको उद्दारमा संलग्न एसएसपी वैभव कृष्णले जानकारी गराए। भवनमा राखिएका महिलामध्ये २ जना महिला भागेर दिल्ली पुगेपछि दिल्ली प्रहरीमा उजुरी परेको थियो। उनीहरुले दिएको सूचनाका अधारमा छापामार्दा मानव तस्करीको सञ्जालका सदस्यसमेत गिरफ्तार गर्न सकेको त्यहाँको प्रहरीले जनाएको छ। यो घटनापछि दिल्ली प्रहरीले नेपाली महिलाहरुको मानव तस्करीबारे सचेत रहन प्रहरीलाई निर्देशनसमेत दिएको छ। समाचार साभारः नागरिक

0 Comments